लाहोरको प्रदर्शन रोक्न सरकारद्धारा लकडाउन घोषणा
पाकिस्तानको लाहोरमा यहाँको सरकारले लकडाउनको घोषणा गरेको छ । पञ्जाजको प्रान्तीय सरकारले लाहोरका विभिन्न १३ स्थानमा कडा खालको लकडाउनको घोषणा गरेको छ ।
सो व्यवस्थाअनुसार यहाँको सरकारले ती स्थानमा गएराति देखि यही डिसेम्बर २५ सम्मका लागि मानिसहरु जम्मा हुन नपाइने गरी लकडाउनको व्यवस्था गरेको हो । आज लाहोरमा पाकिस्तानको सरकारका विरुद्धमा यहाँका विपक्षीहरुले विरोध प्रदर्शन गर्ने तयारी गरेका छन् । उनीहरुले यस विरोध प्रदर्शनले सरकारलाई नैतिक प्रश्न उठाउने बताएका थिए ।
उता प्रधानमन्त्री इमरान खानले भने विरोध जुलुश ननिकाल्न अनुरोध गर्नुभएको थियो । विपक्षीहरुले भने सो विरोध प्रदर्शन नरोक्ने बताएका थिए । यहाँका विभिन्न ११ ओटा विपक्षीहरुले आन्दोलनलाई जारी राख्ने बताएका छन् । राजनीतिक दलहरुले जुलुश नरोक्ने बताएपछि प्रधानमन्त्री खानको आदेशमा यहाँको प्रान्तीय सरकारले लाहोरका विभिन्न १३ स्थानमा सार्वजनिक स्थानमा मानिसहरु जम्मा हुन नपाइने गरी लकडाउन गर्ने घोषणा गरेको हो ।
सो विरोध प्रदर्शनको नेतृत्व पाकिस्तानका प्रमुख विपक्षी दल पिपिपिका अध्यक्ष विलावल भुट्टोले गर्नुभएको छ । उहाँले यो सरकारका विरुद्धमा कराँची, पेशावर र गुजरनवालामा जस्तै लाहोरमा हुन लागेको यो प्रदर्शनबाट पनि सरकारलाई धक्का दिइने दाबी गर्दै आउनुभएको छ ।
सरकारले भने पछिल्लो समयमा पाकिस्तानमा कोभिड १९ को असर निकै बढ्दै गएकाले यसले झन् संक्रमण बढ्ने भन्दै देशमा ठूलो संख्यामा जुलुश ननिकाल्न बताउदै आउनुभएको हो । पाकिस्तानमा वर्तमान सरकारका विरुद्धमा विभिन्न ११ वटा विपक्षी दलहरुले आन्दोलनलाई जारी राखेका छन् । ती विपक्षी दलहरुले आइतबार पाकिस्तानको लाहोरमा विशाल जुलुश निकाल्ने तयारी विगत देखि नै गर्दै आएका हुन् ।
पकिस्तानमा कोभिडको दोस्रो लहर आएको बताइएको छ । यसरी एकातरि देशमा कोभिडको समस्या रहेको छ भने अर्कातर्फ विपक्षी दलहरुले आन्दोलन जारी राखेकाले सरकार समस्यामा परेको बताइएको छ ।
पाकिस्तानका अस्पतालहरुमा बेडहरु पाउन समस्या हुन थालेको छ भने दिनप्रतिदिन संक्रमितहरु बढ्दै गएको बताइएको छ । सरकारले यस्तो महामारीको समयमा विपक्षी दलहरुले सरकारका विरुद्धमा आन्दोलन गर्नु जायज नभएको सरकारको भनाई छ । आज लाहोरमा हुने यस आन्दोलनमा पनि सरकारले लकडाउन गरेपछि झडपहरु पनि हुन सक्ने बताइएको छ ।
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस