चीनको कैयुवान सहरमा चक्कु आक्रमण, सात जनाको मृत्यु
शेनयाङ, चीन- उत्तरपूर्वी चिनियाँ एक शहरमा आइतबार बिहान सडकमा चक्कु आक्रमण हुँदा कम्तीमा सात जनाको मृत्यु भएको र सात अन्य घाइते भएको स्थानीय अधिकारीले बताएका छन् ।
लिओनिङ प्रान्तको कैयुवान सहरमा भएको उक्त आक्रमणमा कुनै आतङ्ककारी समूहले गराएको हुनसक्ने सम्भावनालाई अधिकारीहरूले अस्वीकार गरेका छन् । कैयुवान सहरको एक रेस्टुरेन्टको नजिक बिहान ८ः१४ मा भएको र घटना व्यक्तिगत आवेगका कारण भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानपछि खुल्न आएको स्थानीय प्रहरीले बताएको छ ।
प्रहरीका अनुसार घटनामा सात व्यक्तिको मृत्यु भएको छ भने अन्य सात व्यक्ति घाइते भएका छन् । प्रहरीले घटनामा सम्लग्न व्यक्तिलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरिसकेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको सुरक्षा स्रोतले बताएको छ । सिन्ह्वा
क्याटेगोरी : प्रवास, समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस