• जीवनशैली | Jiwanshaili
  • यमनको विमानस्थलमा आक्रमण, २२ जनाको मृत्यु


    एडेन- दक्षिणी यमनस्थित एडेनको विमानस्थलमा भएका तीनवटा बिस्फोटमा मृत्यु हुनेको संख्या २२ पुगेको यमनको गृह मन्त्रालयले जनाएको छ ।

    एडेनस्थित गृह मन्त्रालयले जारी गरेको पछिल्लो विज्ञप्तिमा एडेन विमानस्थलमा भएका तीन वटा विस्फोटमा परेर २२ जनाको मृत्यु भएको र अरु ५० जना घाइते भएको उल्लेख छ ।

    सरकारी अधिकारीहरुलाई बिमानस्थलमा गर्न लागिएको स्वागत कार्यक्रमलाई लक्षित गरी उक्त विस्फोट गराइएको मन्त्रालयको भनाइ छ ।

    यमनका राष्ट्रपति अब्दु मन्सुर हादीले बिस्फोटका लागि हुथी विद्रोहीहरु जिम्मेवार रहेको आरोप लगाएका छन् ।

    राष्ट्रपति हादीले विमानस्थलमा भएको विस्फोटका बारेमा छानबिन गर्न सुरक्षा निकाय सम्मिलित एक समिति गठन गरेका छन् ।

    यसैबीच, रेडक्रसको अन्तर्राष्ट्रिय समितिले बिमानस्थलमा भएको विस्फोटमा परेर आफ्ना एक जना कर्मचारीको पनि मृत्यु भएको जनाएको छ ।

    खाडी क्षेत्रको अति गरिब मुलुक यमनमा सन् २०१४ देखि गृहयुद्ध जारी छ ।


    क्याटेगोरी : प्रवास, समाचार

    प्रतिक्रिया दिनुहोस