कारको ठक्करबाट बाघको मृत्यु
जिल्लास्थित जंगलमा पर्ने राजमार्गमा शनिबार बिहान कारकाे ठक्करले एउटा पाटे बाघकाे मृत्यु भएकाे छ । जितपुर सिमरा उपमहानगरपालिका वडा नं १ आधारभार जंगल क्षेत्रमा शनिबार बिहान करिब सवा ७ बजे उक्त घटना भएकाे बारा प्रहरीले जनाएकाे छ ।
प्रहरीका अनुसार हेटौंडाबाट सर्लाहीतर्फ जाँदै गरेको एक निजी कारको ठक्कर लागेर उक्त बाघको राजमार्गमै मृत्यु भएको हाे । बा १६ च ८११ नम्बरको उक्त कार हुइँकिँदै अाएकाे बेला बाटो क्रस गर्दै गर्दा बाघलाई ठक्कर दिएको र बाघ राजमार्गमै ढलेकाे प्रहरीकाे भनाइ छ । मृतक बाघकाे उमेर करिब १० वर्ष प्रहरीले जनाएको छ ।
घटनालगत्तै ठक्कर दिने कारका चालक सर्लाही घर भएका ५० वर्षीय अजय मिश्रलाइ लाइ नियन्त्रणमा लिइएकाे छ । कार चालक र मृत बाघलाइ राष्ट्रिय निकुञ्जको जिम्मा लगाएर थप अनुसन्धान थालिएकाे प्रहरीकाे भनाइ छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस