• जीवनशैली | Jiwanshaili
  • भारतको गाजियावादमा दाहसंस्कार घाट भत्किँदा कम्तीमा १८ मलामीको मृत्यु


    एजेन्सी- भारतको उत्तर प्रदेशस्थित गाजियावादमा दाहसंस्कार घाट भत्किँदा मलामी गएका कम्तीमा १८ जनाको मृत्यु भएको छ।

    भारतीय सञ्चारमाध्यमका अनुसार गाजियावादको मुरादनगरमा भएको दुर्घटनामा मृतकको संख्या बढ्ने अनुमान छ।

    घटनाबारे सबै विवरण पेस गर्न उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले स्थानीय अधिकारीलाई निर्देशन दिएका छन्।

    स्थानीय प्रहरी र एनडीआरएफको टोलीले दुर्घटनामा परेकाहरुको उद्धार गरिरहेको बताइएको छ। घाइतेहरूलाई अस्पताल भर्ना गरिएको छ।


    क्याटेगोरी : प्रवास

    प्रतिक्रिया दिनुहोस


    थप समाचार