यी ६ प्रदेशमा वर्षा हुने, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिँउ पर्ने
हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ ।हाल देशभर सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभागले बताएको छ ।आज दिउँसो देशभर सामान्य बदली रहने छ । सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेशका पहाडी भूभागहरुका थोरै स्थानहरु तथा बागमती र प्रदेश न १ को भूभागहरुका एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै देशका उच्च पहाडी तथा हिमाली भूभागमा भने हल्का देखि मध्यम हिमपातको समेत सम्भावाना छ ।
यस्तै आज राति देशभर आंशिक देखि सामान्य बदली रहि सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागहरुका केहि स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागमा भने हल्का देखि मध्यम हिमपातको समेत सम्भावाना छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस