पानीमा डुबेर सिड्नीमा एक नेपाली विद्यार्थीको मृत्यु
सिड्नी- दक्षिण सिड्नीको रोयल नेसनल पार्कमा रहेको वाटामोला दहमा पौडी लेख्ने क्रममा डुबेर एक नेपालीको मृत्यु भएको छ। सोमबार अपराह्न ५ बजे भएको उक्त दुःखद घटनामा अस्ट्रेलियाका नेपाली सचित विमलीको मृत्यु भएको हो।
सदरल्याण्ड प्रहरीलाई उद्धृत गर्दै स्थानीय सञ्चार माध्यमहरूले जनाएअनुसार सात मिटर गहिरो दहमा ९ मिटर अग्लो क्लिफबाट हाम्फाल्ने क्रममा उक्त दुर्घटना भएको थियो। प्रहरीका अनुसार वेस्ट प्याक हेलिकोप्टर पनि प्रयोग गरि करिब साढे ६ बजे नेपाली युवालाई पानीबाट निकालिएको थियो।
नेपाली युवासँगै पौडी खेल्दा डुबेकी महिलाको भने स्थानीय अस्पतालमा उपचार भइरहेको छ।
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस