• जीवनशैली | Jiwanshaili
  • राष्ट्रपतिमा जो बाइडेनको विजयलाई आधिकारिकता


    एजेन्सी- राष्ट्रपतिमा जो बाइडेनको विजयलाई आधिकारिकता दिइएको छ। अमेरिकी संसदले राष्ट्रपतिमा जो बाइडेनको विजयलाई आधिकारिकता दिएको हो। अमेरिकाका दुवै सदनले पेनसिलभेनिया र एरिजोनाको मत गणनाबारे आएका आपत्तिलाई खारेज गरेको छ।

    यो सँगै जो बाइडेन र कमला ह्यारिसको जीतलाई सदनले आधिकारिकरुपमा पुष्टि गरेको छ। बाइडनलाई ३०६ मत प्राप्त भएको जनाइएको छ जबकी जीतका लागि २७० मत आवश्यक हुन्थ्यो।

    अमेरिकी चुनावी नतिजाको पुष्टि संसदबाट हुने गर्छ। यो सामान्य प्रक्रिया भए पनि बुधबार राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले संसद भवनमा हमला गरेर अवरोध गरेका छन्। उनीहरुको हमलापछि वासिंटनमा कर्फ्यू लगाइएको छ।

    संसदले विजय पुष्टि गरेसँगै बाइडेन र ह्यारिसले जनवरी २० मा अमेरिकाको राष्ट्रपति र उपराष्ट्रपतिको शपथ लिनेछन्।


    क्याटेगोरी : प्रवास, समाचार

    प्रतिक्रिया दिनुहोस