• जीवनशैली | Jiwanshaili
  • मीन: अस्वस्थ, अन्यकाे आजको राशिफल कस्ताे रहला?


    २०७७ पुस २४ गते, शुक्रवार, ८ जनवरी २०२१। पौष कृष्णपक्ष, दशमी तिथि, स्वाती नक्षत्र (१३:१४ बजेदेखि विशाखा), चन्द्रराशि– तुला।
    मेष – ARIES
    चु, चे, चो, ला, लि, लु, ले, लो, अ
    केही खर्च लागे पनि मनोरञ्जनको समय छ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउनेछ। अतिथिका रूपमा सत्कार पाइनेछ। परिस्थिति अनुकूल रहे पनि भौतिक असुविधाले दुःख पाइनेछ। निम्तो आए पनि आतिथ्य खर्चिलो बन्न सक्छ। व्यवसायको सन्दर्भमा यात्राको अवसर पनि जुट्नेछ। तर बलजफ्तीले समस्या निम्त्याउन सक्छ।

    वृष – TAURUS
    इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
    द्वेष तथा ईर्ष्या गर्नेहरूले दु:ख दिनेछन्। केही चुनौतीपूर्ण परिस्थिति सामना गर्नुपर्ला। अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ला। लगानीमा जोखिम बढ्न सक्छ। गोपनीयता बाहिरिनाले समस्या पर्न सक्छ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। कमजोर नतिजा सच्याउन काम दोहोर्याउनुपर्ला। प्रतिफल प्राप्त गर्न समय लाग्नेछ।

    मिथुन – GEMINI
    का, कि, कु, घ, ङ, छ, के, को, ह
    व्याहारिक समस्याले याेजना स्थगन हुने देखिन्छ। मिहिनेतकाे नतिजा चित्तबुझ्दाे नआउन सक्छ। कामकाे चाप बढ्नेछ भने स्वास्थ्यले त्यति साथ नदिने समय छ। अप्ठ्यारा परिस्थिति सुल्झाउन केही समय जुट्नुपर्ला। अध्ययनमा गुरुजनको मार्गदर्शन उपयोगी हुनेछ। फाइदा लिन समय प्रतीक्षा गर्नुपर्ला। अध्ययनमा समय दिन नसकिएला।

    कर्कट – CANCER
    हि, हु, हे, हो, डा, डि, डु, डे, डो
    हतारमा गरिएको निर्णयले समस्या निम्त्याउन सक्छ। साइनो गाँसी नजिकिनेहरूबाट सावधान रहनुहोला।केही समस्या देखिए पनि आँटेको काम सम्पादन हुने समय छ। प्रयत्न गर्दा साथीभाइसँगको असमझदारी सम्झौतामा टुंगिनेछ। कृषि तथा पशुपालनबाट पनि सामान्य फाइदा मिल्नेछ। दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम समेत बन्न सक्छ।

    सिंह – LEO
    मा, मि, मु, मे, मो, टा, टि, टु, टे
    अवसर प्राप्त भए पनि परिस्थिति सहज नरहला। प्रतिस्पर्धीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्। काम बने पनि तत्काल आम्दानीको आशा नराख्नुहोला। बलभन्दा बुद्धिको उपयोगले लाभ दिलाउनेछ। सहयोगीहरू पछि हट्नाले नयाँ योजना थाल्न समस्या पर्नेछ। व्याहारिक अलमलले पनि आँटेका काममा बाधा पुर्याउन सक्छ।

    कन्या – VIRGO
    टो, प, पि, पु, ष, ण, ठ, पे, पो
    समयमा वचन पुर्याउन नसक्ता अरूले आलोचना गर्न सक्छन्। बेसुरमा बोल्ने बानीले वादविवाद निम्त्याउन सक्छ। मिहिनेत गरीकन चिताएको मूल्य प्राप्त नहुने देखिन्छ। अध्ययनमा त्यति समय दिन नसकिएला। महत्त्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नुहोला। आर्थिक पक्षमा ठूलो उपलब्धि नभए पनि ज्ञानलाई निखार्ने अवसर भने प्राप्त हुनेछ।

    तुला – LIBRA
    र, रि, रु, रे, रो, ता, ति, तु, ते
    तारिफयोग्य काम सम्पादन हुनाले प्रशंसकहरू बढ्नेछन्। आकर्षक उपहारले उत्साह जगाउनेछ। भैपरी आउने समस्या समाधान हुनेछन्। पहिलेको सफलताले थप हौसला जगाउनेछ। बिछोडिएका आफन्तजन भेटिनेछन्। सुन्दर पहिरनले व्यक्तित्व निखार्ने समय छ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्।

    वृश्चिक – SCORPIO
    तो, ना, नि, नु, ने, नो, या, यि, यु
    आकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ। लगानी बढाउनुपर्ने बाध्यात्मक परिस्थिति आउन सक्छ। खर्चिलो कामका लागि नगद जुटाउन कर्जा लिनुपर्ने हुन सक्छ। अवसरको खोजीमा दौडधुप गर्नुपरे पनि उपलब्धि हातपार्न सकिनेछ। खर्च लागे पनि प्रतिस्पर्धीहरूलाई पछि पार्न सफल भइनेछ। शुभचिन्तकहरूको सहयोग प्राप्त हुनेछ।

    धनु – SAGITTARIUS
    ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
    प्रयत्न गर्दा विभिन्न स्रोत–साधन जुट्नेछन्। आँटले काम बन्नेछ भने आम्दानीले उत्साह जगाउनेछ। श्रमको उचित मूल्यांकन हुनाले राम्रै प्रतिफल प्राप्त हुनेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। सट्टापट्टा, लेनदेन आदिमा फाइदा हुनेछ। मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। व्यापारमा थन्किएका वस्तु बिक्री हुनेछन् र अड्किएको रकम उठ्नेछ।

    मकर – CAPRICORN
    भो, ज, जि, खि, खु, खे, खो, गा, गि
    उपलब्धि प्राप्त गर्न केही कुरा त्याग्नुपर्ला। काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ने देखिन्छ। मिहिनेतले आंशिक सफलता प्राप्त हुनेछ। आर्थिक फाइदा कमै भए पनि कामले ज्ञान दिलाउनेछ। आफ्नो कमजोरी बाहिरिनाले आलोचक बढ्न सक्छन्। स्वाभिमानमा दाग लाग्न सक्छ। लगनशीलताले मात्र लक्ष्यमा पुग्न सकिनेछ। अरूको उपकार गर्न सकिनेछ।

    कुम्भ – AQUARIUS
    गु, गे, गो, सा, सि, सु, से, सो, द
    अवसर र चुनौती एकसाथ आउने हुँदा सावधानीसाथ काम लिनुपर्नेछ। काम पूरा नभए पनि आंशिक फाइदा हुनेछ। रोकिएका काम दोहोर्याउन समय प्रतीक्षा गर्नुपर्ला। चुनौतीभित्र अवसर खोज्ने समय छ। जटिल काममा पनि प्रयत्न गर्दा सकारात्मक संकेत प्राप्त हुनेछ। गोप्य रहस्य पत्ता लाग्नेछ भने अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन्।

    मीन – PISCES
    दि, दु, थ, झ, ञ, दे, दो, च, चि
    अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ने अवस्था आउन सक्छ। विश्राम र आहारविहारमा ध्यान पुर्याउनुहोला। प्रतीक्षित नतिजा कमजोर देखिनाले पछिका लागि काम दोहोर्याउनुपर्ला। समस्या देखाउँदा सहयोग जुट्नेछ। श्रम परे पनि मिहिनेतको उचित मूल्य प्राप्त हुनेछ। नयाँ लगानीतर्फ भ


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस