• जीवनशैली | Jiwanshaili
  • भारतको एक अस्पतालमा भीषण आगलागी,१० नवजात शिशुको मृत्यु


    भारतको महाराष्ट्रस्थित एक अस्पतालमा भीषण आगलागी भएको छ । यहाँको जिल्ला अस्पतालमा शनिबार बिहानै अगलागी भएको हो ।

    आगलागीका कारण १० नवजात शिशुको मृत्यु भएको छ । उनीहरुको उमेर एक दिनदेखि ३ महिनासम्म रहेको छ । आगलागीका कारण शर्ट सर्किट बताइएको छ ।

    अस्पतालका सिभिल सर्जन प्रमोद खांडतेले आगलागी न्यूबर्न केयर युनिटमा बिहानै २ बजे लागेको हो । युनिटबाट सात शिशुलाई बचाइएको छ । यस्तै १० जनाको मृत्यु भएको छ ।

    जानकारीका अनुसार उक्त वार्डमा करिब १७ शिशु भर्ना गरिएको थियो । यहाँ नाजुक स्थितीमा भएका बच्चालाई राखिन्छ । सबैभन्दा पहिले एक नर्सले वार्डबाट धुँवा निस्किएको देखिन् । त्यसपछि उनले तुरुन्त अस्पताल अधिकारीलाई यसको जानकारी दिइन् ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस