• जीवनशैली | Jiwanshaili
  • के अमेरिकी कानूनले ट्रम्पलाई सजाय दिन्छ ?


    अमेरिकाको संसद भवनमा भएको हिंसाको लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई दोष लागेको छ। ट्रम्पको कारणले संसद भवनमा ठूलो घटना घट्यो र उनको यो कदमले विश्वभर नराम्रो छाप रहने देखिएको छ। तर सबैभन्दा ठूलो प्रश्न यो छ की, के अमेरिकाको कानूनले हिंसाको दोषी ट्रम्पलाई सजाय दिनेछ ? ह्वाइट हाउसपछि उनको नयाँ ठाँउ जेल हुनेछ ?

    अमेरिकी संविधानको २५औं संशोधन अनुसार राष्ट्रपतिलाई उनको आफ्नै मन्त्री पदबाट हटाउन सकिन्छ। यसमा मन्त्रिपरिषद्को बहुमतका साथै उपराष्ट्रपतिको समर्थन पनि आवश्यक रहन्छ। सीएनएनको एक रिपोर्टमा भनिएको छ कि बिहीबार ट्रम्पको मन्त्रिपरिषद्ले उनको भडकाउने भाषणलाई संसदमा भएको आक्रमणको लागि जिम्मेवार ठहरायो। ट्रम्पलाई कार्यालयबाट हटाउने छलफल मात्र होइन, बैठकहरू पनि सुरु भएका छन्।

    ट्रम्पले बाँकी १२ दिनको अवधि पूरा गर्न पाउँछन् ? प्रश्न गाह्रो छ, तर उत्तर सजिलो र स्थितिमा आधारित छ। उपराष्ट्रपति माइक पेन्स उनीसँग दृढ रूपमा उभिरहेकाले पनि उनलाई सजिलै हटाउन असम्भव छ।

    उपराष्ट्रपति माइक पेन्सले बिहीबारको घटनालाई अमेरिकी इतिहासको कालो दिन भनेर वर्णन गरे। यद्यपि मिडिया रिपोर्टका अनुसार पेन्सले ट्रम्पलाई कुनै अभियोग लगाउन वा कुर्सीबाट हटाउन चाहँदैनन्। यदि यो भयो भने रिपब्लिकन पार्टीको कुनै अर्थ रहँदैन। दोस्रो कुरा चार वर्षपछि पेन्सनै राष्ट्रपति पदको उम्मेदवार हुन सक्छन् यदि उनले आज ट्रम्पको विरुद्धमा केही गरे भने उनलाई पार्टीमा ट्रम्प समर्थकहरूको विरोधको सामना गर्नुपर्नेछ। त्यसैले पनि उनले ट्रम्पको साथ दिइरहेका छन्।

    युएसए टुडेको एक रिपोर्टका अनुसार अमेरिकी अनुसन्धान एजेन्सीहरूसँग ट्रम्पको हिंसात्मक भाषणपछि भएको घटनाको बलियो र ठोस प्रमाण छ। कर्नेल कानून संस्थानका प्राध्यापक डेभिड ओहलिनले भने घटनामा ट्रम्प जिम्मेवार छन्। उनले एउटा अपराध गरेका छन् र उनलाई मुद्दा चलाउनु पर्छ। जर्ज वाशिंगटन कानून विश्वविद्यालयका डीन फ्रेडरिक लरेन्स पनि यो कुरामा सहमत छन्। कार्यवाहक अटर्नी जनरल माइकल शेरविनले भनेका छन्,’घटनामा जो जिम्मेवार छन् उनीहरूलाई बचाइने छैन।’

    राष्ट्रपतिको रूपमा ट्रम्पसँग दुईवटा ‘ट्रम्प कार्ड’हरू छन्। सबैभन्दा पहिले राष्ट्रपतिको रूपमा उनले कुनै गल्तीको लागि आफूलाई क्षमा गर्न सक्छन्। क्षमा भएन भने पनि केस लामो समयको लागि जान्छ। र यो सम्भव छ कि कानुनी चक्रहरूको फाइदा उठाउँदै ट्रम्प उम्किन्छन्। उनी विरुद्ध कुनै प्रत्यक्ष वा कडा प्रमाण छैन कि उनले समर्थकहरुलाई सीधा हिंसा गर्न भनेका छन्।

    त्यति मात्र होइन राष्ट्रपति ट्रम्प बाइडेनलाई सत्ता हस्तान्तरण गर्न सहमत भएका छन्। तर यो कुरा मान्नको लागि उनी भागिरहेका छन्। ट्रम्पले शुक्रबार भनेका छन्, जनवरी २० मा बाइडेनको शपथ ग्रहण समारोहमा भाग लिने छैनौं। यसैबीच, ट्रम्पका समर्थकहरुले पनि उनलाई छोडदैछन्। करीब २३२ रिपब्लिकन सांसदहरूमध्ये १०० जनाले बिहीबार अमेरिकी संसद भवनमा भएको हिंसाको लागि ट्रम्पलाई जिम्मेवार ठहराए। उनलाई तत्काल पदबाट हटाउने माग पनि तीव्र भएको छ।

    अमेरिकी कंग्रेसको माथिल्लो सदन सिनेटका सभापति न्यान्सी पेलोसी र डेमोक्रेटिक पार्टीका नेता चक शूमरले उपराष्ट्रपति माइक पेन्सलाई ट्रम्पलाई हटाउन आग्रह गरेका छन्। उपसभापति क्याथरिन क्लार्कले भनेका छन्, यदि ट्रम्पले आफैंले राजीनामा गरेनन् भने उनलाई अर्को हप्तासम्म महाभियोग लाग्न सक्छ। ट्रम्पलाई पनि संविधानको २५औं संशोधन अन्तर्गत तत्काल हट्न भनिएको छ।

    बिहीबारको हिंसापछि राजधानी वाशिंगटन डीसीमा सुरक्षा कडा गरिएको छ। अमेरिकी सेनाले संसदको सिमानामा ७ फिट अग्लो बार लगाइरहेको छ। २०० अमेरिकी सेनाहरू राजधानीको सुरक्षाको लागि तैनाथ गरिएको छ। यी बाहेक चार राज्यबाट प्रहरी पनि बोलाइएको छ। प्रत्येक व्यक्तिलाई नजिकबाट अनुसन्धान गरिने बताइएको छ।


    क्याटेगोरी : प्रवास, समाचार

    प्रतिक्रिया दिनुहोस