दुई पालिकामा शिक्षक दरबन्दी काटियो
जिल्लामा रहेका दुई पालिकामा शिक्षकको दरबन्दी कटौती गरिएको छ । शिक्षा विकास तथा समन्वय एकाइ चितवनका अनुसार रत्ननगर र खैरहनी नगरपालिकाका ६२ दरबन्दी काटिएको हो । कार्यालयका प्रमुख भूमिलाल सुवेदीका अनुसार खैरहनी नगरपालिकाका ३३ र रत्ननगरका २९ दरबन्दी कटौती गरिएको हो । कटौती गरिएका दरबन्दीहरु कालिका र राप्ती नगरपालिकामा पठाइएको छ । यस्तै इच्छाकामना गाउँपालिकामा सबैभन्दा बढी थप गरिएको छ ।
सुवेदीका अनुसार विद्यार्थी सङ्ख्याका आधारमा दुई नगरपालिकाका थोरै विद्यार्थी भएका विद्यालयबाट दरबन्दी कटौती गरी जिल्लाका अन्य स्थानीय तहमा पठाइएको हो । इच्छाकामना गाउँपालिकामा ३५, राप्ती नगरपालिकामा १५ र कालिका नगरपालिकामा १२ जना शिक्षक थप गरिएको छ । पहिलो चरणमा खैरहनीका १४ र रत्ननगरका छ शिक्षकलाई इच्छाकामना पठाइएको छ । यसरी मिलानमा पर्नेमा आधारभूत तह ६ देखि ८ कक्षाका शिक्षकहरु रहेका छन् । दरबन्दी मिलान गरी पठाइएका शिक्षकहरुलाई पालिकाले व्यवस्थापन गर्ने छ । माडी नगरपालिका र भरतपुर महानगरपालिकामा भने पालिका आफैँले आन्तरिक मिलान गरेका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस