ऐतिहासिक परम्परा: गोरु जुधाइ मेला (फोटोफिचर)
गोरु जुधाइ मेला नेपालको नुवाकोट जिल्लाको तारुका गाविसको चन्दनी पाटा तथा बेत्रावतीमा आयोजना गरिने प्रतिस्पर्धात्मक मेला हो । हरेक वर्ष माघ १ गते माघे संक्रान्तिको अवसरमा भव्य रूपमा गोरु जुधाइ मेला आयोजना हुने गर्छ । ऐतिहासिक परम्पराको रूपमा रहेको गोरु जुधाइ मेला एउटा भिन्न प्रकारको परम्परागत मेला हो ।

मनोरञ्जनको हिसावले मनाइने गोरु जुधाइ मेलालाई व्यवस्थित गर्न गोरुजात्रा मेला व्यवस्थापन समितिको गठन गरिएको छ । तारुकाको ऐतिहासिक परम्परासँग जोडिएको यस मेलामा दर्शकहरूको थप सुविधाको लागि गोरु दर्ता, बिचबिचमा सांस्कृतिक चेतनामूलक कार्यक्रम विजयी गोरु धनीलाई पुरस्कारको समेत व्यवस्था गरिएको छ ।
बझाङ्गी राजा जयपृथ्वीबहादुर सिंह तारुकामा मामाघर जाँदा उनलाई मनोरञ्जन दिलाउन गोरु जुधाइ मेलाको सुरुवात गरिएको किम्बदन्ति रहेको छ । सिंह विसं १९७८ सालमा नुवाकोटको तारुका ५ चन्दनीस्थित मामाघर आउँदा भानिजलाई मनोरञ्जन दिन उनका मावलीले बाजागाजासहित साँढे जुधाउने परम्परा आयोजना गराएका थिए । यही परम्परा अन्ततः वरपरको गाउँलेहरूको लागि पनि मनोरञ्जनको माध्यम र खेल जात्रा बनेको हो । मेला अवलोकनका लागि काठमाडौँ, रसुवा, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, मकवानपुर, चितवन लगायतका जिल्लाबाट सर्वसाधारण आउने गर्दछन् ।


क्याटेगोरी : चाडपर्व विशेष, समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस