बस र ट्रक आपस ठोक्किदा एघारको मृत्यु
भारतको दक्षिणपश्चिमी राज्य कर्नाटकमा भएको एक सडक दुर्घटनामा परेर कम्तीमा पनि ११ जना व्यक्तिको मृत्यु भएको बताइएको छ । समाचारमा बताइएअनुसार एउटा मिनीबस विपरीत दिशाबाट आएको अर्काे एक ट्रकसँग एकआपसमा ठोक्किँदा सो दुर्घटना भएको थियो । त्यसमा परी अरु सात जना घाइते भएका छन् । उनीहरुलाई अस्पताल पुर्याइएको छ ।
सो दुर्घटनामा परेर उक्त बसमा रहेका एकजना पुरुष सवारी चालक सहित ११ जनाको ज्यान गएको बताइएको छ । मृत्यु हुनेमा दश जना यात्रु महिला रहेको प्रहरीले जानकारी दिएको छ । सो दुर्घटनास्थल बैंगलुरुबाट ४३० किलोमीटर पर पर्दछ । प्रहरीले घाइते सबैलाई अस्पताल लगिएको बताएको छ । प्रहरीका अनुसार सो दुर्घटनामा परेकामध्ये पाँच जना महिलाको अवस्था चिन्ताजनक रहेको छ ।
ती यात्रुहरु पारिवारिक कामका लागि हिँडेका थिए । उनीहरु गोवा जान लागेको पनि प्रहरीले जानकारी दिएको समाचारमा जनाइएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस