नौ दिनदेखि खानीमा फसेका श्रमिकलाई औषधि तथा खाना पुर्याउन सफल
नौ दिनदेखि खानीभित्र फसेका चिनियाँ श्रमिकहरूका लागि खानीभित्र खाना र औषधि पठाउन सफल भएको मङ्गलबार चिनियाँ अधिकारीहरूले उद्धारकर्तालाई उद्धृत गरी जानकारी गराएका छन् ।
औषधि तथा खानेकुरा तीनवटा च्यानलबाट खानीमा पठाउन सफल भएपछि श्रमिकहरूको उद्धारमा सफलता मिल्ने आशा बढेको उद्धारकर्ताहरूले मङ्गलबार जानकारी गराएका छन् । खानीको करिब ५०० मिटरको गहिराईमा उनीहरू फसेको उल्लेख गरिएको छ ।
पूर्वी चीनको शेन्दोङ प्रान्तको यान्ताई नजिकै रहेको सुनखानीमा जनवरी १० मा विष्फोट भई पहिरो खस्दा २२ व्यक्ति खानीभित्र फसेका थिए । उनीहरू खानीबाहिर आउनका लागि बनाएको भर्याङ भत्किएको र उनीहरू बाहिर निस्किने बाटो अवरूद्ध बनेको थियो ।
गत शनिबार खानीभित्रबाट सहयोगका लागि आवाज ९सङ्केत० आएपछि खानीभित्र फसेका कामदारलाई जीवितै उद्धार गर्ने आशा पलाएको थियो । आइतबार उनीहरूसम्म तार पुर्याईएको थियो र तारमा श्रमिकले आफूहरूमध्ये करिब एक दर्जन व्यक्ति खानीभित्र पानीले घेरिएको अवस्थामा जीवितै रहेको भन्दै औषधि तथा उद्धारका लागि आग्रह गरेका थिए । खानीमा फसेका १० जनाको अवस्था भने अहिलेसम्म अज्ञात रहेको बताइएको छ । पत्रमा आफूहरूमध्ये धेरैजना घाइते भएका उल्लेख गरिएको छ । भोकले निकै कमजोर बनेका दुई श्रमिकले खाना पाएपछि पुनः माथि चढ्ने बल मिलेको समेत फसेका श्रमिकले उद्धारकर्ताहरूलाई सन्देश पठाएका छन् ।
उद्धारको काम भइरहे पनि निकै खानीको प्रकृतिले गर्दा प्रगति निकै सुस्त रहेको स्थानीय सहरका एक उच्च अधिकारी चेन फेईले बताए । उनले ग्रेनाइट (पथ्थर) फोडेर उद्धार गर्नुपर्ने भएकोले सुस्त नतिजा आउको पुष्टि गरे ।
फसेका श्रमिकहरू रहेको स्थानमा धेरै पानी भएकाले यो उनीहरूका लागि खतरा हुनसक्ने उनले बताए । चेनका अनुसार खानीमा करिब दुई दिनका लागि खाद्यान्न पठाइएको छ भने सम्पर्कका लागि एउटा टेलिफोन लाइन पनि उनीहरूलाई उपलब्ध गराइएको छ ।
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस