अठार घरमा तोडफोड र चोरी
बागलुङ जिल्लाको गलकोटमा चोरीका घटनामा वृद्धि भएका छन् । गलकोट नगरपालिकामा पछिल्लो केही दिनयता १८ घरमा तोडफोट तथा चोरी भएको छ ।
गलकोट नगरपालिका–१, २ र ५ का विभिन्न बस्तीका घरमा चोरी तथा तोडफोड भएको स्थानीयले बताएका छन् । शनिबार राति गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेको घरसहित खिनाराम गैरे, नारायण गैरे, चित्रवन गैरे, मोतिलाल गैरे र ताराप्रसाद गैरेको घर तोडफोड भएको थियो भने त्यसको अघिल्लो दिन थान तथा भुङ्गानीमा चोरी भएको थियो ।
नगरप्रमुख गैरेको घरबाट १० हजार नगद, सुनको जन्तर र औँठीसमेत चोरी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ईलाका प्रहरी कार्यालय हरिचौरका प्रमुख प्रहरी निरीक्षक अर्जुन बम मल्लका अनुसार धेरैजासो खाली भएका घरमा तोडफोड र चोरी भएको हो ।
वडा–५ का रमेश थापाको घरबाट आइतबार राति ४० हजार चोरी भएको छ । राति कति बेला चोरी भयो भन्ने एकिन नभएको थापा बताउँछन्। घरको दोस्रो तलमा बसे पनि भूइतलामा चोरी भएकाले त्रासको अवस्था सिर्जना भएको उनले बताए ।
आइतबार राति नै वडा–५ कै हरिचौरस्थित गलकोट बचत तथा ऋण सहकारी संस्था लिमिटेड सहित आठ घरमा चोरी र तोडफोड भएको सहकारी संस्थाका अध्यक्ष गणेश खत्रीले जानकारी दिए । सहकारीको चाबी फोरेर भित्र पस्न खोजेको तर सटरको लक खोल्न नसकेपछि त्यहाँबाट भागेको सिसी क्यामेरको फुटेजमा देखिएको अध्यक्ष खत्रीले बताए ।
आइतबार राति एकदेखि दुई बजेको बीचमा तोडफोड गर्न थालेको अध्यक्ष खत्रीले बताए । सहकारीको सिसी टिभी फुटेजमा मुखमा माक्स लगाएको, फलामको डण्डी बोकेको एक जना व्यक्तिले तोडफोड गर्न खोजेकोे उनको भनाइ छ । खत्रीले प्रहरी चौकीकै नजिक दैनिकजसो चोरीका घटना बढ्नु सुरक्षा कमजोरी भएको गुनासो गरे ।
पछिल्लो समय दैनिकरुपमा भइरहेका तोडफोड र चोरी घटनाले सुरक्षामा केही प्रश्न र संशय स्वभाविकरुपमा उठेको इलाका प्रहरी कार्यालय गलकोटका प्रमुख मल्ल बताउछन् । घटनाबारे प्रहरीले अनुसन्धान र सम्भावित तोडफोड र चोरीका घटना रोक्न नियमित गस्ती र निगरानीसमेत बढाएको प्रहरी निरीक्षक मल्लले बताए । बसाइसराईले खाली भएका घरमा तोडफोड र चोरी बढी भएकाले चोरीको विवरण सङ्कलनमा समस्या भएको प्रहरीको भनाइ हरेको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस