लामो, बाक्लो र स्वस्थ कपालको लागी यी खानाहरु आफ्नो खानामा समावेश गर्नुहोस्
२०७७ माघ ८ गते, बिहीवार,
बढ्दो प्रदूषण र खराब जीवनशैलीका कारण कपाल झर्ने समस्या मानिसहरूमा धेरै देखिन्छ। कसलाई लामो, बाक्लो कपाल मनपर्दैन, सबैले चाहान्छन् कि उसको लामो, बाक्लो र चम्किलो कपाल होस्, तर खराब जीवनशैलीको कारण यो सपना अपूर्ण रहन्छ। जाडो मौसममा कपालको समस्या बढी हुन्छ। जाडो मौसममा, यदि कपाललाई राम्ररी हेरचाह गरिएको छैन भने कपालमा डान्ड्रफ देखिनु , खस्रो हुनु , हाँगा फाट्नु जस्ता धेरै समस्याहरू देखिन्छ। कहिलेकाँही यो समस्या महँगो भन्दा महँगो शैम्पूको कारणले पनि हुन सक्छ। कपालमा धेरै रंग र ड्रायरको प्रयोगले पनि कपाल बिगार्न सक्छ। धेरै व्यक्तिहरू बेला बेलामा कपालमा रंग लगाउन मन पराउँछन्।तर ति रंगमा पाइने केमिकलले तपाईको कपाल मात्र होइन तपाईको टाउकोको छालालाई पनि बिगार्न सक्छ। आज हामी तपाईंलाई त्यस्ता खाद्य पदार्थहरूको बारेमा बताउँदछौं, जसको मद्दतले तपाईं आफ्नो कपाल चम्किलो, लामो र बाक्लो बनाउन सक्नुहुन्छ।
यी खानाहरुले कपाल स्वस्थ राख्न मदद्त गर्दछस्
१. पालुंगाे
पालुंगाे कपालको वृद्धि बढाउनका लागि धेरै लाभदायक मानिन्छ। यसमा विटामिन, आइरनको मात्रा धेरै हुन्छ, जुन कपालको विकासको लागि राम्रो मानिन्छ। पालकले कपाल झर्ने समस्या रोक्नको लागि पनि सहयोगी मानिन्छ।
२. भटमास
भटमास स्वास्थ्य को लागी धेरै लाभदायक मानिन्छ।भटमासमा त्यस्ता धेरै तत्वहरू छन्, जसले कपाललाई बढ्न मद्दत गर्दछ। आहारमा भटमास समावेश गरेर कपालको समस्याबाट छुटकारा पाउन सकिन्छ।
३.गाजर
जाडोमा पाइने गाजर स्वास्थ्य र कपालमा पनि फाइदाजनक ठानिन्छ। गाजर खाएर शरीरमा फलामको कमीलाई हटाउन सकिन्छ। यसमा उपस्थित बिटामिन बि कपालको लागि राम्रो मानिन्छ।
४.अमला
अमला औषधीय गुणहरूले धनी मानिन्छ। अमलामा उपस्थित भिटामिन ईले कपाल झर्ने र फुटेको रोक्न मद्दत गर्दछ। अमलाले कपाल, गाढा र लामो बाक्लो बनाउन मद्दत गर्दछ ।
५.अण्डा
अण्डालाइ प्रोटीनको राम्रो स्रोत मानिन्छ। र प्रोटिन कपाल स्वस्थ राख्नको लागि धेरै महत्त्वपूर्ण मानिन्छ। अण्डाको प्रयोगले कपालमा नयाँ जीवन ल्याउन सक्छ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस