मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
सप्तरीको बोदे बरसाइन नगरपालिकामा तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा आज एकको मृत्यु भएको छ । जिल्लाको बिसनपुरबाट बोदे बरसाइनतर्फ जाँदै गरेको तीन जना सवार प्रदेश नम्बर २–०१–००१ प ६४०३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा त्यसमा सवार खडक नगरपालिका–८ का १८ वर्षीय सुदीप चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । चौधरी मोटरसाइकलको बीचमा सवार थिए ।
मोटरसाइकल चालक सप्तरीको खडक नगरपालिका–८ का २७ वर्षीय सनी चौधरी र पछाडी सवार सोही ठाउँका १८ वर्षीय दिवेश चौधरी गम्भीर घाइते भएका छन् । उनीहरुको टाउको र शरीरको विभिन्न भागमा चोट लागेका कारण उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ । मोटरसाइकल आफँै अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक भुवनेश्वरप्रसाद साहले बताउनुभयो । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा राखिएको शवको परीक्षणको तयारी भइरहेको अस्पतालले जनाएको छ । गत बिहीबार पनि जिल्लाको खडक नगरपालिका–११ बनौलीमा तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु भएको थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस