• जीवनशैली | Jiwanshaili
  • विहारका पूर्व मुख्यमन्त्री लालु यादवको अवस्था गम्भीर


    एजेन्सी- भारतको विहारका पूर्व मुख्यमन्त्री लालु प्रसाद यादवको अवस्था गम्भीर भएका छन्।

    निमोनिया भएपछि अस्पताल भर्ना भएका ७२ वर्षीय यादवको स्वास्थ्य अवस्था झन् बिग्रिएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

    उनलाई राँची अस्पतालबाट थप उपचारका लागि दिल्लीस्थित एम्समा लगिने भएको छ।

    चारा घोटाला काण्डमा लालु राँचीस्थित जेलमा सजाय भोगिरहेका छन्। स्वास्थ्य बिग्रिएपछि उनलाई अस्पताल भर्ना गरिएको हो।


    क्याटेगोरी : प्रवास

    प्रतिक्रिया दिनुहोस


    थप समाचार