बन्दुकधारीको आक्रमणमा परी ६ गाउँलेको मृत्यु
लागोस- नाइजेरियाको उत्तरपश्चिम भागमा पर्ने कुदुना राज्यमा अपरिचित बन्दुकधारीहरुले गरेको आक्रमणमा परी कम्तीमा छ सर्वसाधारणको मृत्यु भएको छ । सरकारद्वारा नियन्त्रित दुई ओटा इलाकामा भएको यस आक्रमणमा परी छ सर्वसाधारणको मृत्यु हुनुको साथै अन्य आठ घाइते भएका जनाइएको छ ।
उक्त बन्दुकधारीहरुले चुकुन र गिवा क्षेत्रका केही समुदायमा ठूलो संख्यामा छापा मारेका राज्यका आन्तरिक सुरक्षा र गृह मामिलाका आयुक्त शमूएल अरुवानले बताएका छन् । यस घटनाको अनुसन्धान शुरु भएको अरुवानले बताएका छन् । नाइजेरियाको उत्तरपश्चिम क्षेत्रमा वर्षौदेखि अपहरण र अन्य आपराधिक गतिविधिका घटनाहरु व्याप्त रहेका छन् । सिन्ह्वा
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस