• जीवनशैली | Jiwanshaili
  • नागरिक अगुवाहरुको मार्चमा प्रहरी हस्तक्षेप,१ दर्जन अभियन्ता घाइते (फाेटाे फिचर)


     

    नागरिक अगुवाहरुले प्रतिनिधिसभा विघटनविरुद्व गरेको मार्च पासमा प्रहरीले हस्तक्षेप गरेको छ ।
    प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गर्ने असंवैधानिक कदमको विरोधमा गरेको मार्च पासमा प्रहरीले हस्तक्षेप गर्दा केही १ दर्जन अगुवाहरु घाइते भएका छन् ।

    कमलपोखरीबाट वालुवाटार सम्म मार्च पास गर्दै गर्दा बालुवाटारतर्फ बढ्ने क्रममा प्रहरीले हस्तक्षेप गरेको थियो । लाठीचार्ज र पानीको फोहोरा प्रहारबाट नागरिक अगुवा नारायण वाग्ले, अरुणदेव जोशी,मोहना अन्सारी, निर्घ नवीन, संघर्ष दाहाल, स्वर्णिम दिनेश लगायत दर्जनौँ अभियन्ता घाइते भएको हुन्। कमलपोखरीबाट हात्तीसार, नागपोखरी, नक्साल हुँदै भाटभटेनीबाट सुरक्षा घेरा तोडेर अघि बढ्ने क्रममा प्रहरीले लाठीचार्ज गरेको हो ।कमलपोखरीको माटो लगाएर र्‍याली सुरु गरेका थिए ।

    घाइतेहरुको त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज र मोडल अस्पतालमा उपचारका लागि लगिएको छ ।

     

     

     

     


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस