• जीवनशैली | Jiwanshaili
  • चिनियाँ मदिरा नष्ट


    हुम्लामा नेपाल प्रहरीले ठुलो परिणामको चिनियाँ मदिरा (झिनीगिन्टी) बरामद गरेर नष्ट गरेको छ । खार्पुनाथ गाउँपालिकामा रहेको खार्पु प्रहरी चौकीले बिहान ३ः०० बजेको समयमा गाउँ भित्रँदै गरेको ११० कार्टुन बरामद गरेको हो । व्यापारिक परियोजनका लागि गाउँ ल्याइएको अवैध ठूलो परिमाणको चिनियाँ मदिरा प्रहरीले बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्यप्रसाद सुवेदीले जानकारी दिनुभयो ।

    एक कार्टुनमा १२ बोतल हुने भएकाले ११० कार्टुनमा एक हजार तीन सय बोतल बरामद गरेर आज बिहान जनप्रतिनिधिको रोहवरमा नष्ट गरिएको प्रहरी नायब उपरीक्षक सुवेदीले जानकारी दिनुभयो । एक बोतल सो मदिरा हुम्लामा रु ८०० मा बिक्री हुने भएकाले एक हजार ३०० बोतलको रु १० लाख ४० हजार मूल्य बराबर ठूलो परिमाणको मदिरा नष्ट गरिएको हो । लालीका ३८ वर्षीय धिरेन्द्र शाहीले १९ खच्चरमा ढुवानी गरेरे मदिरा गाउँ ल्याउँदै गर्दा पक्राउ गरिएको हो । –––


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस