सन् २०२०: विपद्जन्य घटनाबाट पाँच हजारको मृत्यु
मुलुकमा सन् २०२० मा विभिन्न घटनाबाट चार हजार ५०४ मानिसको मृत्यु भएको छ । विपद्मा परेर १०२ बेपत्ता भएको र पाँच हजार २६० जना घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सबैभन्दा बढी सडक दुर्घटनाबाट दुई हजार ८४ को मृत्यु भएको छ । कोभिड–(१९ का कारण एक हजार ८५६ को मृत्यु भएको छ । पहिरोबाट ३०३ ले ज्यान गुमाएका छन् भने ६४ बेपत्ता छन् । बाढीबाट ४२ को मृत्यु र ३७ बेपत्ता भएको प्राधिकरणले जनाएको छ । सर्पदंशबाट २९, आगलागीबाट ५३, चट्याङबाट ८२ जनाको मृत्यु भएको र अन्य विविध घटनाका कारण ५४ जनाले ज्यान गुमाएको प्राधिकरणले आज सार्वजनिक गरेको विवरणमा उल्लेख छ । उक्त विवरण सन् २०२० को जनावरीदेखि डिसेम्बर ३१ सम्मको हो । प्राधिकरणका अनुसार कूल मानवीय क्षति मध्यसडक दुर्घटना र कोभिड¬–१९ बाट मात्रै ८८ प्रतिशत छ । कोभिड–१९ को सङ्क्रमण अझै पनि जारी रहेकाले सावधानी अपनाउन सरकारले सबैमा अनुरोध गरेको छ । यसपालि वर्षाको समयमा मुलुकका विभिन्न जिल्लामा बाढी र पहिराले ठूलो जनधनको क्षति भएको छ । बाढी, पहिरो आएर धेरै स्थानमा मानवीय क्षति भएको प्राधिकरणका प्रवक्ता जनार्दन गौतमले जानकारी दिनुभयो । प्रभावित अझै पनि अस्थायी टहरामा बसिरहेका छन् । अहिले सरकराले अनुदानमा आवास कार्यक्रम सञ्चालनको तयारी गरिरहेको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस