बेइजिङमा नागरिकलाई विदा मनाउन बाहिर ननिस्किन आग्रह
सिन्ह्व- चीनमा कोरोना भाइरसका नयाँ सङ्क्रमतिहरु प्रत्येक दिन जसो भेटिन थालेपछि यहाँका अधिकारीहरुले बेइजिङ सहरमा बाहिर ननिस्कन भनेका छन् । बेइजिङ सहरका अधिकारीले चीनमा हाल मनाइने ‘स्प्रिङ फेस्टिभल’ को विदा मनाउन एकै पटक ठूलो संख्यामा बाहिर ननिस्किन नागरिकहरुलाई आग्रह गरेका छन् ।
हाल चीन सरकारले यहाँ उक्त पर्वका लागि विदा दिएको छ । यस समयमा सरकारी कार्यालयहरु पनि विदा हुने भएकोले ठूलो संख्याका मानिसहरु यो पर्व मनाउन जम्मा हुने गरेका छन् । यो पर्वमा चीनमा विदेश गएका नागरिक पनि घर फर्किने र ठूलो संख्यामा विभिन्न स्थानमा परिवारका साथमा गएर विदा मनाउने गरेका हुन्छन् ।
तर यहाँका स्वास्थ्य अधिकारीहरुले भने चीनमा दिन प्रति दिन कोरोना भाइरसका सङ्क्रमितहरु भेटिएको जानकारी गराएका छन् । चीनको राजधानी सहर बेइजिङका नगरपालिका अधिकारीले बेइजिङमा अनावश्यक रुपमा बाहिर ननिस्किन भनेका हुन् । उनले पछिल्ला केही दिनहरुमा चीनका बेइजिङसहितका अरु पनि विभिन्न सहरमा कोरोना भाइरसको प्रभाव फेरि पनि देखिन थालेकोले विदा मनाउने क्रममा बाहिर ननिस्किन र ठूलो संख्यामा उपस्थित नहुन आग्रह गरेका हुन् ।
कोरोना भाइरसको संक्रमण चीनको वुहान सहरबाट गत वर्षको डिसेम्बरमा निस्किएको बताइएको थियो । यो भाइरस संसारका देशहरुमा पुगि सेकेको छ ।चीनले भने छ महिनाभन्दा अघि नै यहाँ यो भाइरस नियन्त्रणमा लिएको जनाएको थियो । तर पछिल्ला दिनहरुमा भने यहाँ फेरि यसका संक्रमितहरु देखिन थालेका चीन सरकारले जनाएको छ ।
चीन सरकारले जनाएअनुसार चीनभित्रै पनि संक्रमणका नयाँ घटना दिनहुँ भेटिन थालेका हुन् । चिनियाँ अधिकारीहरुका अनुसार बुधबार मात्र चीनमा कोरोना भाइरस ५४ जनामा नयाँ संक्रमण देखिएको हो । तीमध्ये थप ४१ जना स्वदेशमा नै पाइएको ती अधिकारीले जानकारी दिए । त्यस्तै अरु संक्रमितहरु भने बाहिरबाट आएका नागरिकमा पाइएको थियो ।
।
चीनको नेशनल हेल्थ कमिसनले दिएको जानकारीअनुसार चीनमा पछिल्ला केही दिनमा विभिन्न सहरमा नयाँ नयाँ संक्रमित भेटिएका छन् ।यहाँका स्थानीय नागरिकहरुबाटै ती जना व्यक्ति संक्रमित भएका पाइएको समाचारमा जनाइएको छ । सोही कारणले चीनले पछिल्लो समयमा कोरोनाको परीक्षणलाई तिब्रता दिएको जनाएको छ ।
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस