चोरीमा संलग्नसहित तीन पक्राउ
इलाका प्रहरी कार्यालय अनारमनीले चोरीमा संलग्न रहेका आरोपमा एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका–४ निवासी ४१ वर्षीय विक्रम दनुवार रहेका छन् । उनका साथबाट प्रहरीले रु एक लाख ४८ हजार ६६५ र भारु एक हजार ५०० समेत बरामद गरेको छ । अर्जुनधारा–५ लक्ष्मीपुरका गजेन्द्र कटुवालले सञ्चालन गरेको किराना पसलबाट पैसा चोरी गरेका आरोपमा प्रहरीले दनुवारलाई पक्राउ गरेको हो ।
गए राति उनले पसलबाट पैसा चोरी गरेको र सिसीटिभी फुटेजका आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिनुभयो । यसैबीच प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित दुई भारतीय पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारत किसनगञ्ज धनतोला पञ्चायत–१ महमारी खरुवानटोल थाना दिगल बैंक निवासी २२ वर्षीय अहमद हुसेन र सोही ठाउँका २६ वर्षीय महमद जमसेह छन् । झापा गाउँपालिका–४ स्थित सुकुम्बासी टोलमा प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई ९८० मिलीग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस