फिजीमा समुद्री आँधी, एक व्यक्तिको मृत्यु, पाँच बेपत्ता
दक्षिण प्रशान्त क्षेत्रमा अवस्थित मुलुक फिजीमा यसै महिना दोस्रो पटक आएको समुद्री आँधीमा परेर कम्तीमा एक व्यक्तिको मृत्यु हुनुका साथै पाँच जना हराइरहेको सरकारी अधिकारीहरुले बताएका छन् ।
आना नाम दिइएको भारी वर्षा सहितको उक्त आँधीको बेग १४० किलोमिटर प्रतिघण्टा रहेको छ । आँधीका कारण फिजीको अधिकांश भूभाग जलमग्न भएको र बाढी आएको छ ।
राष्ट्रिय प्रकोप व्यवस्थाप कार्यालयले एक जना ४९ वर्षीय पुरुषको मृत्यु भएको र पाँच जना माछा मार्ने व्यक्तिहरु हराइरहेको जनाएको छ ।
आँधी प्रभावित सात हजार ६०० भन्दा बढी व्यक्तिलाई बाढी प्रभावित इलाकाबाट सुरक्षित स्थानमा उद्धार गरिएको छ । स्थानीय संचार माध्यमहरुले प्रकोप व्यवस्थापन कार्यालयका निर्देशक भासिटी सोकोको भनाई उद्धृत गर्दै स्थानीय मानिसले पूर्व चेतावनीलाई बेवास्ता गरेका कारण समस्या उत्पन्न भएको जनाएका छन् ।
गत डिसेम्बरमा आएको यासा नामको यस्तै शक्तिशाली आँधीमा परेर चार जनाको मृत्यु हुनुका साथै २३ हजार भन्दा बढी मानिस सुरक्षित स्थलमा शरण लिन आइपुगेको थिए ।
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस