पाकिस्तानमा टिकटक भिडियो बनाउँदै गरेका चार जनाको गोली हानी हत्या
एजेन्सी- पाकिस्तानमा टिकटक भिडियो बनाउँदै गरेका एक महिलासहित चार जनाको गोली हानी हत्या गरिएको छ।
पाकिस्तानको कराची शहरको पोश क्षेत्रमा कारमा सवार एक महिलासहित चार जनालाई गोली हानी हत्या गरिएको हो। उक्त चार जनाले टिकटकको लागि भिडियो बनाउँदै गर्दा सो घटना घटेको हो।
प्रहरीका अनुसार दुई जनाको नाम मुस्कान र अमिर हो। अरु दुई व्यक्ति उनका साथी रेहन र सज्जाद हुन्। मुस्कानले आमिरलाई सोमबार भेट्न बोलाएका थिए। आमिर र अन्य ३ जना शहर घुम्दै टिकटकको लागि भिडियोहरू पनि बनाउँदै थिए। सोही क्रममा अज्ञात आक्रमणकारीहरूले उनीहरुलाई गोली हानी हत्या गरेको प्रहरीले जनाएको छ।
महिला कारमा मृत भेटिएकी थिइन भने तीनजना कार बाहिर मृत भेटिएका थिए। अक्टोबरमा पाकिस्तामा टिकटकमाथि प्रतिबन्ध लगाइएको थियो। तर यो प्रतिबन्ध नौ दिन पछि हटाइएको थियो।
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस