आगलागी हुँदा ३५ लाखभन्दा बढी क्षति
जिल्लाको चौदण्डी नगरपालिका–५ सिवाई सुन्दरपुरमा आज आगलागी हुँदा चार घर जलेर नष्ट भएको छ । आगलागीबाट ३५ लाखभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ ।
नगरपालिका–५ का वडाध्यक्ष देवनारायण चौधरीका अनुसार आगालागीबाट स्थानीय भोला चौधरी, अशोक चौधरी, धमेन्द्र चौधरीसहित चार वटा घर जलेर नष्ट भएको छ । भोला चौधरीको गोठको भुसको खरानी फाल्ने क्रममा भुसमा रहेको आगो सल्केर घर बाहिर फैलिएपछि आगलागी शुरु भएको अन्य घर पनि जल्न पुगेको हुनसक्ने वडाध्यक्ष चौधरीले बताए ।
चार घर जलेर नष्ट हुँदा सो घरमा रहेको अन्न, लत्ताकपडा, नगद, भाडाँकुडासहित घरभित्रका सबै वस्तु जलेर नष्ट भएको उनले बताए । उदयपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक भीमप्रसाद दाहालका अनुसार आगलागी हुनासाथ इलाका प्रहरी कार्यलय बेल्टार सशस्त्र प्रहरी बेल्टार र जिल्लाबाट प्रहरी घटनास्थल पुगेर चौदण्डी नगपालिकाको बारुणयन्त्र प्रयोग गरेर तीन घण्टामा आगलागी नियन्त्रण गरिएको हो ।
प्रहरी र स्थानीयवासीको सक्रियताको कारण चार घर जलेर नष्ट भए पनि अन्यत्र आगो फैलन नियन्त्रण गरिएको प्रहरी प्रमुख दाहालले बताए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस