• जीवनशैली | Jiwanshaili
  • आङ सान सुकीलाई नजरबन्दमा राखियाे


    म्यानमारको ‘नेशनल लिग फर डेमोक्रेसी (एनएलडी)’ को अध्यक्ष आङ सान सुकीलाई उनकै घरमा नजरबन्दमा राखिएको एनएलडीले पुष्टि गरेको छ ।

     

    गत सोमबार म्यानमारमा सेनाले ‘कू’ गरी राज्यसत्ता कब्जा गरेपछि अहिंसावादी राजनीतिका लागि गरेको त्यागका लागि ९० को दशकमा नोबेल पुरस्कारबाट सम्मानित नेतृ सुकीको अवस्थाबारे जानकारी दिँदै उक्त जानकारी गराइएको हो ।

     

    उनका सञ्चार अधिकृत क्यी टोयले आफ्नो आधिकारिक फेसबुक पेजमा लेखेका छन्, “नेतृ सुकीलाई उहाँकै घरमा नजरबन्दमा राखिएको छ र उहाँको स्वास्थ्य राम्रो रहेको छ ।”

     

    मैले जानकारी पाएसम्म नेतृ सुकीलाई उनकै निवासमा नजरबन्दमा राखिएको छ, टोयले एएफपीसँग भने ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस