हवाई आक्रमणमा परी १८ तालिबान लडाकू मारिए
सिन्ह्वा- अफगानिस्तानको पूर्वी प्रान्त नान्गार्हारमा तालिबान लडाकू समूहका आखाडालक्षित अफगान हवाइ बलको आक्रमणमा परी कम्तीमा १८ तालिबान लडाकू समूहका सदस्यहरु मारिएका स्थानीय सरकारले शनिबार पुष्टि गरेको छ । नान्गार्हार प्रान्तको पश्चिम भागमा रहेको शिर्जाद जिल्लाको पहाडी इलाकामा हवाई आक्रमण भएको सरकारी निकायद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।
मारिएका ती तालिबान लडाकूमा १० जना रेड युनिटका सदस्य अर्थात विशेष लडाकू रेजिमेन्टका सदस्य थिए । मारिएका यी सदस्यमा विभागीय तालिबान लडाकू समूहका सेनापति खालिद पनि रहेका जारी विज्ञप्तिमा जनाइएको छ । रेड युनिटका १० जना लडाकू पनि घाइते भएका पनि जनाइएको छ ।
आफ्नो स्थिति सुदृढ पार्ने प्रयास गरिरहेका तालिबानी आतंककारीहरूको विरुद्ध अफगान सुरक्षा बलले आक्रमणलाई अझ तीव्र पारेको छ ।
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस