हुम्ला पुग्यो टर्कीको च्यान्दुलर ओखर
दुई वर्षमै फल दिने च्यान्दुलर ओखर टर्कीबाट आइपुगेको छ । यो याममा हुम्लामा स्याउ, ओखर लगाउने समय भएकाले टर्कीबाट मगाइएको ओखर जिल्लामा आइपुगेको हो । ओखरका दाना गुणस्तरीय हुनुका साथै गुदीको मात्रा बढी हुने भएपछि किसान यो ओखर लगाउन आकर्षित भएपछि टर्कीबाट बिरुवाको बिक्रीवितरण गरिएको कृषि प्राविधिक सुन्दर रावतले बताउनुभयो ।
किसान व्यावसायिक रुपमा ओखर खेतीमा लागेपछि ओखरका बिरुवा विदेशबाट जिल्लामा भित्रिएको निजीस्तरका ओखरको बिरुवाको बिक्रीवितरण गर्दै आएका कृषि प्राविधिक रावतले जानकारी दिनुभयो । गत वर्षबाट हुम्लामा यो ओखर भित्रिन थालेको र गत वर्ष उक्त ओखरका बोट हुम्ला भित्रिएका थिए । उक्त ओखरले यस वर्ष फल दिनेछन् । छोटो अवधिमा फल दिने भएका कारण यस वर्ष मागअनुसार दुई हजार बिरुवा जिल्लामा पुगेर बिक्री भएको उहाँले बताउनुभयो । एक जना किसानले पचास बोटसम्म स्याउ बगँैचामा लगाउने गरेका छन् ।
प्रतिबोट रु एक हजारमा बिक्री हुनुका साथै च्यान्दुलर ओखर सिमकोट गाउँपालिकाले एक हजार बोट र अदानचुली गाउँपालिकाले ५०० बोट किनिसकेका छन् । बाँकी पाँच सय बोटको पनि अगुवा स्याउ किसानबाट माग आएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस