शंकास्पद लुटेरा समूहद्वारा उत्तरी नाइजेरियामा २३ गाउँलेको हत्या
अबुजा- अफ्रिकी मुलुक नाइजेरियाको उत्तरपश्चिम कडुना प्रान्तको एउटा गाउँमा बन्दुक बोकेका लुटेरा समूहको आक्रमणमा परेर कम्तीमा २३ जना गाउँलेको मृत्यु भएको छ ।
प्रान्तका सुरक्षा आयुक्त सामुएल अरुवानका अनुसार सोमबार शंकास्पद लुटेरा समूहले गाउँलेमाथि अन्धाधुन्ध आक्रमण गरेका थिए । नाइजेरियाको सेनाले आक्रमणको खोजीका लागि व्यापक सैन्य अभियान थालेको पनि उनले बताए ।
प्रान्तका गभर्नर नासिर एल–रुफाईले उक्त घटनाको कडा शब्दमा निन्दा एवं भत्र्सना गर्दै लुटेरा समूहका विरुद्ध सैन्य कारबाही तिब्र बनाउन सुरक्षा निकायहरुलाई निर्देशन दिएका छन् ।
हालैका महिनाहरुमा नाइजेरियाको उत्तरी क्षेत्रमा सशस्त्र समूहले नियमित अन्तरालमा आक्रमणको शृंखला नै चलाएका छन् । लुटेरा समूहले किसानले पालेका गाईवस्तु पनि लुट्ने गरेका छन् ।
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस