• जीवनशैली | Jiwanshaili
  • राज्यविरुद्धको कसुरमा नेकपा नेतृ झाँक्री पक्राउ


    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल निकटकी नेतृ रामकुमारी झाँक्री पक्राउ परेकी छिन् । नेतृ झाँक्री विवाहको वर्षगाँठ मनाउँदै गर्दा शंखमुलस्थित निजी निवासबाट पक्राउ परेकी हुन् । उनलाई प्रहरीले राज्यविरुद्धको कसुर दफा ५८ अनुसार पक्राउ पुर्जी दिएपछि घरैबाट गिरफ्तारी दिएकी हुन् ।

     

    झाँक्रीले बिहीबार बिहानै श्रीमान् पशुपति पुरीसँगको फोटो राखेर आफ्नो जीवनमा पुरीको आगमन भएदेखि राम्रो भएको भन्दै ‘आज माघ २९, सोचे जस्तो हुन्न जीबन भन्ने थाहा छ, तिमी आयौं जिन्दगीमा यसै आहा छ !’ भनेर क्याप्सन लेख्दै केही फोटोहरु समेत पोस्ट गरेकी थिइन् ।

     

    केही दिनअघि गोरखामा भएको विरोध सभा उनले प्रतिनिधि सभा विघटनमा राष्ट्रपति भण्डारीले भूमिकाको आलोचना गर्दै उनलाई कोटेश्वर नभए बालकोट जान भनेकी थिइन्। सोही अभियोगमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।

     

    झाँक्रीलाई महानगरीय अपराध महाशाखाले सोधपुछका लागि बिहीबार बिहान बोलाएको थियो । प्रहरी कार्यालयमा उनी अनुपस्थित भएपछि साधा पोशाकका प्रहरीहरू शंखमुलस्थित झाँक्रीको निवासमा पुगेका थिए । झाँक्रीले भने आफूलाई नियन्त्रणमा लिने हो भने पक्राउ पूर्जी लिएर आउन प्रहरीलाई आग्रह गरेकी थिइन् ।

     

    प्रहरी पक्राउ पुर्जी लिएर आएको कारणले गर्दा कानूनको पालक भएको हिसावले निवासबाटै गिरफ्तारी दिएकी हुन् ।

     

    झाँक्रीको समर्थनमा ठूलो संख्यामा उनका समर्थकहरु उपस्थित भएर नाराबाजी गरेका थिए ।

     


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस