खोपले मात्रै जनजीवन सामान्य बनाउने जिम्बाबेका राष्ट्रपतिको भनाई
जिम्बाबेका राष्ट्रपति इमर्सन नाङ्गावाले सवैले कोरोनाभाइरस विरुद्धको खोप लगाएपछि मात्रै सामान्य अवस्था हुने बताएका छन् । उनले बिहीबार भने, “जनजीवनलाई पहिलेकै जस्तो सामान्य अवस्थामा पु¥याउनका लागि अधिकांश नागरिकलाई खोप लगाउनु आवश्यक छ ।” सामाजिक सञ्जाल ट्वीटरमार्फत् उहाँले चीन र रूसको सहकार्यमा सवै नागरिकलाई खोप लगाउने तयारी भइरहेको पनि जानकारी दिए । “जिम्बाबेका जनताका लागि कोरोनाविरुद्धको खोप उपलब्ध गराउन लागेकोमा चीन र रूसलाई धन्यवाद दिन चाहन्छु,” ट्वीटरमा लेखिएको छ । चिनियाँ खोप निःशुल्क पाउने अफ्रिकी मुलुकहरुको सूचीमा जिम्बाबे तेस्रो क्रममा परेको छ । चीनले जिम्बाबेलाई पहिलो चरणमा सिनो फार्मको दुई लाख खोप दिन लागेको हो । खोप यही फेब्रुअरी १५ सम्ममा जिम्बाबेमा ल्याइसकिने अनुमान गरिएको छ । एक करोड ६० लाख जनसङ्ख्या रहेको यस अफ्रिकी मुलुकलाई चीनसहित रुस र भारतले समेत कोरोनाविरुद्धको खोप सहयोग गरेका छन् । जिम्बाबेमा कोरोनाभाइरसबाट अहिलेसम्म ३४ हजार ८६४ जना सङ्क्रमित भएका छन् भने एक हजार ३६४ जनाको मृत्यु भएको छ ।
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस