बीबीसी प्रसारणमा चीनले लगायाे प्रतिबन्ध
चीनले बेलायती प्रसारण संस्था बिबिसीको बिबिसी वर्ल्ड न्युजको प्रसारणलाई प्रतिबन्ध लगाएको छ। चीनले आफ्नो देशमा बीबीसी विश्व सेवा टेलिभिजनलाई चीन भित्र प्रसारण गर्न प्रतिबन्ध लगाएको हो। चीनको राष्ट्रिय रेडियो तथा टेलिभिजन प्रशासनले शुक्रबार विज्ञप्ति जारी गर्दै बीबीसीले अनुचित र असत्य पत्रकारिता गरिरहेको दाबी गरेको छ।
केही महिना अघि चीनले बीबीसीले कोरोना भाइरसको महामारी र वुइघुर मुस्लिमहरूको शोषणसम्बन्धी प्रसारण गरेको रिपोर्टको आलोचना गरेको छ।
एक विज्ञप्तिमा बेलायतको विदेश मन्त्रालयले चीनमा इन्टरनेट र मिडियामा कडा प्रतिबन्ध लागू गरेको बताएको छ। विज्ञप्तिमा भनिएको छ कि चीनको यो निर्णयले विश्वको अगाडि उसको विश्वसनीयता घटाएको छ।
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस