मोगादिशुमा कारबम विस्फोट तीनको मृत्यु
एएफपी – मोगादिशुको एउटा प्रमुख सडकको सुरक्षा चौकीनजिकै शनिबार भएको कारबम विस्फोटनमा परी कम्तीमा तीन व्यक्तिको मृत्यु भएको छ । यस विस्फोटमा परी अन्य आठ घाइते भएका सुरक्षा अधिकारी र प्रत्यक्षदर्शीहरूले जानकारी दिएका छन् ।
प्रहरीको गाडीलाई पछ्याएर उक्त विस्फोट गराएको सुरक्षा अधिकारी अब्दिरहमान मोहम्मदले बताउनु भएको छ । हालसम्म प्राप्त समाचारअनुसार तीन जना नागरिकको मृत्यु हुनुको साथै अन्य आठ जना घाइते भएका सुरक्षा अधिकारी अब्दिरहमान मोहम्मदले एएफपी समाचार समितिलाई बताएका छन् ।
प्रहरीको गाडीलाई पछ्याएर गोली हानेको हुनाले धेरै मानिसलाई सडकबाट टाढा भाग्न मद्दत पुगेको र विस्फोटनको कारण हुने मृत्युको संख्या कम भएको पनि मोहम्मदले थप जानकारी दिएका छन् ।
प्रत्यक्षदर्शीले गोलीबारीको आवाज सुनेका बताएका थिए । ‘विस्फोटन आवाज ठूलो थियो, म एक पसलभित्रे थिए ’ प्रत्यक्षदर्शीले बताएका छन् ।
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस