दक्षिण भारतमा सडक दुर्घटना चौंधको मृत्यु
सिन्ह्वा- भारतको दक्षिणी राज्य आध्र प्रदेशमा आइतबार बिहान सबेरै भएको एक सडक दुर्घटनामा परी कम्तीमा १४ व्यक्तिको मृत्यु भएको छ । एक सानो भ्यान ट्रकसँग ठोक्किँदा भएको यस घटनामा परी अन्य चार जना घाइते भएका आइतबार स्थानीय स्रोतले जानकारी दिएको छ ।
दुर्घटनामा आठ महिला मारिएका छन् । घाइते सबै बालबालिका रहेका समाचारमा जनाइएको छ । प्रहरीकाअनुसार दुर्घटना कुर्नूल जिल्लाको मदारपुरम गाउँनजिकै दुर्घटना भएको हो । घाइतेहरुलाई उपचारार्थ सरकारी अस्पतालमा लगिएको प्रहरीले जानकारी दिएइको छ ।
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस