भारतको मध्य प्रदेशमा बस दुर्घटना: ३८ जनाको मृत्यु
भारतको मध्य प्रदेशको सिधी जिल्लामा मंगलबार बिहान ठूलो सडक दुर्घटना भएको छ। सतना जाँदै गरेको यात्रु बस नहरमा खसेको हो।
दुर्घटनामा हालसम्म कम्तिमा ३८ जनाको शव बाहिर निकालिएको छ। भने ११ यात्रुलाई उद्धार गरिएको छ। बसमा करीव ६० जना यात्रुहरू थिए।
सिधीबाट सतना गइरहेको बस मध्य प्रदेशको राजधानी भोपालबाट करिब ५ सय ६० किलोमिटर टाढा रामपुर नैकिनमा बिहान करिब साढे आठ बजे पुलबाट तल वाणसागर परियोजनाको नहरमा खसेको त्यहाँका सञ्चारमाध्यमहरुले जनाएका छन्।
यद्यपी बसमा सवार अन्यको खोजीकार्य जारी छ। मृत्यु हुनेको संख्या बढी हुन सक्ने आशंका व्यक्त गरिएको छ।
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस