इरानमा भूकम्प, ४० भन्दा बढी घाइते
इरानमा शक्तिशाली भूकम्प आएको छ । भूकम्पमा परी कम्तीमा ४० जना घाइते भएको अधिकारीहरुले जानकारी दिएका छन् ।
देशको पश्चिमी क्षेत्रमा पर्ने सिसाख्त सहरलाई केन्द्रविन्दु बनाएर ५.६ म्याग्निच्युडको भूकम्प आएको समाचारमा जनाइएको छ ।
भूकम्पका कारण भौतिक संरचनाहरुमा समेत ठूलो क्षति पुगेको छ । घर तथा भवनहरु, सडकलगायतका संरचनाहरु भत्किएका छन् भने विद्युत, सञ्चार र पानी वितरणसम्वन्धी सञ्जाल टुटेका छन् ।
भूकम्पले पु¥याएको सवै क्षतिको विवरण भने संकलनको क्रममा रहेको अधिकारीहरूले जानकारी दिएका छन् ।
क्याटेगोरी : प्रवास, समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस