• जीवनशैली | Jiwanshaili
  • जब २३१ यात्रु बोकेर उडिरहेको विमानको इन्जिनमा आगो लाग्यो (भिडियोसहित)


    एजेन्सी- आइतबार अमेरिकामा एउटा ठूलो विमान दुर्घटना टरेको छ। अमेरिकाको कोलोराडो राज्यको राजधानी डेनबरबाट होनोलुलुका लागि उडेको बोइङको ७७७ विमानको इन्जिनमा अचानक आगो लाग्यो । इन्जिनमा आगो लाग्दा विमान १५ हजार फिटको उचाइमा थियो।

    विमानमा २३१ यात्रु र १० चालक दलका सदस्य थिए। आगो लागेपछि उक्त इन्जिनको टुक्राहरु जमिनमा खसेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

    यद्यपी विमानमा सवार सबै यात्रुहरु सकुशल रहेका अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। अर्को इन्जिन सक्रिय रहेकाले दुर्घटना हुन पाएन । शनिवार डेनबर अन्तर्राष्ट्रिय विमानस्थलमा उक्त विमान पाइलटले सफल रुपमा अवतरण गरेको छ।

    ब्रुमफिल्ड टाउनका प्रहरीका अनुसार इन्जिनका टुक्राहरु मानिसका घर वरपर भेटिएका छन्। विमानमा आगो लाग्दा उक्त विमानका यात्रुले भिडियो बनाएका थिए। जुन अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ।

     


    क्याटेगोरी : प्रवास, समाचार

    प्रतिक्रिया दिनुहोस