• जीवनशैली | Jiwanshaili
  • नाइजेरियाली विमान दुर्घटनामा सात व्यक्तिको मृत्यु भएको सेनाद्वारा पुष्टि


    नाइजेरियाको राजधानी अबुजाको विमानस्थलमा आइतबार भएको सैनिक विमान दुर्घटनामा चालक दलका सदस्यसहित सात सैनिक अधिकारीको मृत्यु भएको नायजेरियाली सेनाले पुष्टि गरेको छ ।

    यस अघि उड्डयन मन्त्री हदी सिरिकाले विमान दुर्घटनाको पुष्टि गरे पनि विमानमा यात्रारत व्यक्तिको विवरणबारे केही बताएका थिएन । उनले भने, “सैनिक विमान किङ एअर ३५० अबुजाबाट मिएनाका लागि छुट्दासाथ अबुजा विमानस्थल नजिकै दुर्घटनाग्रस्त भएको छ ।

    सिरिकाले हामी शान्त रही सेनाको अनुसन्धानको नतिजाको लागि पर्खनु पर्छ भन्दै सबैलाई मृतात्माको शान्तिका लागि प्रार्थना गर्न आग्रह गरेका छन् ।


    क्याटेगोरी : प्रवास, समाचार

    प्रतिक्रिया दिनुहोस