पाकिस्तानका ६२ वर्षीय सांसदले गरे १४ वर्षीया बालिकासँग विवाह
पाकिस्तानबाट एक स्तब्ध पार्ने समाचार बाहिर आएको छ। यहाँ जमीयत उलेमा-ए-इस्लामका बलूचिस्तानमा सांसद मौलाना सलाहउद्दीन अयूबीले एक १४ वर्षीया बालिकासँग विवाह गरेका छन्। यो घटना केही समय पुरानो हो। पहिले पनि यस घटनामा छलफल भएको थियो, तर यो पक्का हुन सकेको थिएन। अब भने एक एनजीओको अपीलमा पुलिसले यस घटनाको बारेमा फेरि अनुसन्धान थालेको छ। बालिकाका बुबाले पनि विवाहको पुष्टि गरेका छन्।
पाकिस्तानमा महिलाहरूको विवाहको उमेर १६ वर्ष तय गरिएको छ। यदि यो भन्दा सानो उमेरमा विवाह गरिएको छ भने कानुनी रूपमा यो अपराध मानिन्छ र सजाय दिन सकिन्छ।
मौलान अयूबी बलूचिस्तानका चित्रालबाट सांसद हुन्। उनले यस विषयमा कुनै प्रतिक्रिया दिएका छैनन्। उनी मौलाना फजल-उर-रहमानको पार्टीबाट सांसद छन्। रहमान हाल पाकिस्तान लोकतान्त्रिक मोर्चाका नेता हुन्। यो मोर्चाले इम्रान सरकारको बिरूद्ध आन्दोलन चलाइरहेको छ।
द डॉनको रिपोर्ट अनुसार बालिकाको स्कूलले मिडियालाई उनको जन्म प्रमाणपत्र दिएको छ। यसमा उनको जन्म मिति २८ अक्टुबर २००६ मा भनिएको छ। यसपछि एक स्थानीय एनजीओले पुलिस उजूरी दर्ता गर्यो र अब यस घटनाको अनुसन्धान हुनेछ।
मौलानाको विवाहको घटना गत वर्षको हो। चित्रालका प्रहरी निरीक्षक सज्जाद अहमदले उजुरी पुष्टि गरेका छन्। यद्यपि उनले भनेनन् कि केवल उजूरी दर्ता गरिएको छ वा यस केसमा प्राथमिकी दर्ता गरिएको छ। रिपोर्टका अनुसार पुलिसले केटीको घरमा पुगेर उनका बुबालाई सोधपुछ गरेको छ। उनले पुलिससामु विवाह बारे अस्वीकार गरेका छन्।
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस