इक्वेडरमा जेलमा भएको दङ्गामा कम्तीमा ७५ जनाको मृत्यु
एएफपी- इक्वेडरमा मङ्गलबार तीन ओटा जेलमा भएको दङ्गामा परी कम्तीमा ७५ व्यक्तिको मृत्यु हुनुको साथै अन्य कैयौ घाइते भएका प्रहरी स्रोतले जनाएको छ । पश्चिमी बन्दरगाह शहर ग्वायाकिलमा रहेको एक जेलमा २१ जनााको मृत्यु भएको छ । यस्तै गरी अर्को एक जेलमा ३३ जना र तेस्रो जेलमा २९ जनाको मृत्यु भएको जनाइएको छ ।
इक्वेडरका राष्ट्रपति लेनिन मोरेनोले ट्वीटरमा तीन ओटा जेलमा एकसाथ भएको यस हिंसामा आपराधिक संगठनको हात रहेको आरोप लगाउनु भएको छ । जेलमा पुनः नियन्त्रणको लागि प्रहरी अधिकारीहरूले काम गरिरहेको मोरेनोले बताएका छन् । उक्त विद्रोह रोक्न प्रहरीको सहयोग गर्न सेनालाई पनि खटाइएको उनले थप जानकारी दिएका छन् ।
मानवअधिकारवादी संस्थाले यसलाई हिंसालाई ‘अभूतपूर्व नरसंहार’ को संज्ञा दिदै मुलुकमा सुरक्षाको अभावमा चिन्ता व्यक्त गरेको बताइएको छ ।
गत वर्ष पनि कैदीको विवादमा ५१ व्यक्तिको मृत्यु भएको थियो । गतवर्ष देशका अपराधी गिरोहको गतिविधि नियन्त्रण र हिंसा कम गर्न प्रयासको लागि जेलमा आपतकालिन अवस्थाको आदेश राष्ट्रपति मोरेनोले दिएका थिए । गत डिसेम्बरमा पनि जेल अस्थिरताको कारण ११ कैदी मृत्यु हुनुको साथै सात घाइते भएका थिए ।
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस