चीनमा नयाँ फैसलाः पूर्व पत्नीलाई घरायासी काम गरेबापत क्षतिपूर्ति दिन आदेश
एएफपी- चीनको अदालतले एक व्यक्तिलाई आफ्नी पूर्व पत्नीलाई घरायासी काम लगाएबापत क्षतिपूर्ति स्वरुप झण्डै आठ हजार अमेरिकी डलर भुक्तानी गर्न आदेश दिएको छ ।
पारपाचुके गरिसकेकी ती महिलालाई क्षतिपूर्ति दिलाउने गरी अदालतले फैसला गरेलगत्तै चीनमा त्यसको पक्ष र विपक्षमा प्रतिक्रिया आएका छन् ।
यसै वर्षदेखि लागू भएको देशको नयाँ देवानी कानुन अनुसार पारपाचुके गरेका दम्पतीमध्ये घरमा बढी काम गर्नुपर्ने पुरुष वा महिलाले क्षतिपूर्ति दाबी गर्न सक्ने छन् ।
पूर्व पत्नी वाङले बेइजिङ अदालतमा आफूले पाँच वर्षे वैवाहिक जीवनमा बच्चाको हेरचाह गरेको र घरभित्रका सबै काम गरेको बताएका थिए । उनका पूर्व पति चेन भने काममा जानुबाहेक घरमा केही काम नसघाएको वाङको दाबी छ ।
अदालतको आदेशमा भनिएको छ, वाङले घरयासी काम र बालबच्चा हुर्काउने काम पनि गरेको थप क्षतिपूर्ति मागेका छन् ।
अदालतले वाङले अतिरिक्त जिम्मेवारी र काम गरेकाले करिब आठ हजार डलर तिनुपर्ने आदेश दिएको छ । स्थानीय संचार माध्यमले वाङले अदालतको आदेश विरुद्ध पुनरावेदन गरेको समाचार यसै साता प्रकाशन गरेपछि महिलाले गर्ने घरभित्रका कार्यको मूल्यलाई लिएर अनलाइनमा व्यापक विचारविमर्श भएको छ ।
चीनको ट्वीटर जस्तै मानिने सामाजिक सञ्जाल वाइबोमा बुधबारसम्म ५७ करोडभन्दा बढीले वाङ र चेनको मुद्दामाथि बहस गरेको पाइएको छ । टिप्पणी गर्नेहरुले महिलामाथि शोषण भइरहेको भन्दै आक्रोश पोखेका थिए ।
आर्थिक सहयोग तथा विकास संगठन ९ओइसिडी० को अनुमान अनुसार चिनियाँ महिलाले घरमा दैनिक करिब चार घण्टा बेतलबी कार्य गर्दछन् । यो पुरुषको भन्दा झण्डै अढाई गुणा बढी हो भने औषत भन्दा बढी हो ।
चीनमा पारपाचुके सम्बन्धी कानुनलाई उदार बनाइएपछि र महिलाहरु आर्थिक रुपमा बढी स्वतन्त्र हुन थालेपछि विगत दुई दशकमा पारपाचुके गर्नेक्रम निकै बढेको छ । तर बेइजिङका लागि यो टाउको दुखाईको विषय बन्दै गएको छ किनभने चीनमा वृद्धवृद्धाको जनसंख्या बढ्दै गएको छ ।
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस