अपहरणमा परेका सबै नाइजेरियाली विद्यार्थी अपहरण मुक्त
नाइजेरियामा शुक्रबार एक आवासीय विद्यालयबाट अपहरणमा परेका सबै विद्यार्थीहरू अपहरणमुक्त भएका नाइजेरियाको प्रशासनले बताएको छ ।
जाम्फारा राज्यका गभर्नर बेल्लो मातावालीले भन्नुभयो, “सरकारले राज्यको याङ्गेवी शहरमा रहेको एक आवासीय विद्यालयबाट शुक्रबार अपहरणमा परेका सबै विद्यार्थीलाई स्थानीय समय अनुसार मङ्गलबार बिहानै सकुशल अपहरणमुक्त गराई विद्यालयमा फर्काएको छ ।”
विद्यार्थीहरूको रिहाईका लागि खट्ने सुरक्षा प्रशासन, सरकारी तथा गैर सरकारी अधिकारी तथा स्थानीय बासिन्दाप्रति सरकारले कृतज्ञता प्रकट गर्न चाहन्छ ।
गभर्नरका अनुसार अपहरित २७९ विद्याथीलाइ अपहरणकारीको नियन्त्रणबाट मुक्त गरी विद्यालय फिर्ता गरिएको छ । छिट्टै उनीहरूलाई आ–आफ्ना अविभावकको जिम्मा लगाइने उनले बताए ।
यस अघि नाइजेरियाली सञ्चारमाध्यमले दिएको जानकारीमा ३१७ जना सशस्त्र समूहको अपहरणमा परेको स्थानीय अधिकारीहरूलाई उद्धृत गरी जनाएका थिए ।
गभर्नरले उनीहरूको रिहाईका लागि कुनै फिरौती नतिरिएको बताएका छन् ।
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस