कंगो र गुएनामा इबोलाको संक्रमण, ११ जनाको मृत्यु
सिन्ह्वा- अफ्रिकी देशहरु कंगो र गुएनामा इबोलाका नयाँ संक्रमितहरु भेटिएको बताइएको छ । ती देशमा पछिल्ला केही दिन यता २८ जना व्यक्तिमा इबोलाको संक्रमण भेटिएको बताइएको हो । अफ्रिकन सेन्टर फर डिजीज कन्ट्रोल एण्ड प्रिभेन्सनले मंगलबार सो कुराको जानकारी दिएको हो । सो डिआरसीले दिएको रिपोर्ट अनुसार यस प्रकोपबाट ११ जनाको निधन भएको छ ।
कंगोमा ११ जना इबोलाका विरामी भेटिएका छन् । तीमध्ये चार जनाको निधन भएको छ । त्यसैगरी गुएनामा १७ जनामा इबोलाको संक्रमण भेटिएको थियो । त्यसैगरी गुएनामा सात जनाको निधन भएको थियो । सन् २०१४ मा पश्चिम अफ्रिकामा इबोला भाइरसको प्रकोप पाइएको थियो । त्यसमा परेर कम्तीमा पनि १३ हजार मानिसको ज्यान गएको थियो । अहिले पनि अफ्रिकामा यस भाइरसका संक्रमितहरु भेटिन थालेका छन् ।
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस