• जीवनशैली | Jiwanshaili
  • इसायी धर्मगुरु पोपद्धारा इराकी धार्मिक नेतासँग सम्वन्ध सुधारको प्रयास


    इसायी धर्मगुरु पोप फ्रान्सीसले सिट्टे मुस्लिम अगुवासँग सम्वन्ध सुधारको प्रयास गरेका छन् ।मुस्लिम धार्मिक नेता अयातोल्लाह अलि सिस्तानीसँग उनले शनिबार भेटेर सम्वन्ध सुधारका लागि हात फैलाएका हुन् । उनको यो प्रयास र भेटवार्तालाई आधुनिक धार्मिक इतिहासमै एउटा ऐतिहासिक घटनाका रुपमा लिइएको छ ।

    इराकको भ्रमणमा रहेका पोपले आफ्नो भ्रमणको दोस्रो दिनको बिहानै सिस्तानीलाई नाजाफमा रहेको उनकै निवासमा गएर भेटेका थिए । पहिले नै हुने भनिएको भ्रमण कोरोना भाइरसको महामारीका कारण पछाडि सरेको थियो । यो भ्रमण तथा भेटवार्ता बहुप्रतिक्षित थियो । सिस्तानीलाई भेट्न पोप नाजाफ विमानस्थलमा ओर्लिएका थिए । त्यहाँ उनलाई उच्च सतर्कताका साथ स्वागत गरिएको थियो ।


    क्याटेगोरी : प्रवास, समाचार

    प्रतिक्रिया दिनुहोस