• जीवनशैली | Jiwanshaili
  • मोरङमा सवारी दुर्घटना, दुई जनाको मृत्यु अन्य २ जना घाइते


    मोरङको सुन्दरहरैँचामा  माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । अरू दुई जना गम्भीर घाइते भएका छन् ।

    सुन्दरहरैँचा नगरपालिका–८ र ७ को सिमानामा मध्याली पुलनजिक हायस माइक्रो र मोटरसाइकल ठोक्किएर दुर्घटना भएको प्रदेश १ ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

    झापाको बिर्तामोडतिर जाँदै गरेको बा ४ ख ६९६ नम्बरको हायस माइक्रो र प्रदेश २–०२–००१ प ३८७८ नम्बरको मोटरसाइकल आज बिहान एकआपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

    दुर्घटनामा मोटरसाइकलमा सवार मोरङको बेलबारी नगरपालिका–११ का २१ वर्षीय अर्जुन न्यौपाने र मनोज कटुवालको मृत्यु भएको कार्यालयका प्रमुख एसपी सञ्जीव शर्माले जानकारी दिए ।

    दुर्घटनामा परेर गम्भीर घाइते उनीहरूको उपचारका क्रममा बिहान १.४० बजेतिर कोशी अस्पताल विराटनगरमा मृत्यु भएको एसपी शर्माले बताए ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस