• जीवनशैली | Jiwanshaili
  • उत्तरी अफगानिस्तानमा आठ प्रहरीको मृत्यु


    मजार ए सरिफ- उत्तरी अफगानिस्तानको बाख्ख प्रान्तमा शनिबार राति भएको भिडन्तमा आठ प्रहरी र पाँच तालिबान लडाकूको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ ।

    प्रान्तीय प्रहरीका अदिल शाह अदिलले हातहतियारबाट सुसज्जित तालिबान लडाकूहरुले सुरक्षा जाँच चौकीमा बन्दुक र क्षेप्यास्त्र सहित आक्रमण गरेपछि भिडन्त भएको जानकारी दिए । उक्त भिडन्तमा अरु छ जना प्रहरी र सात जना लडाकू पनि घाइते भएको उहाँले बताउनुभयो । हालैका वर्षहरुमा यस प्रान्तमा सुरक्षाफौज र तालिबान लडाकूबीच निरन्तरजसो भिडन्त हुने गरेका छन् ।

    तालिबान समूहले बाल्खको भिडन्तमा १२ जना प्रहरी मारिएको दाबी गरेका छन् । तालिबान समूहका प्रवक्ता जबिहुल्लाह मुजाहिदले ट्वीट गर्दै सुरक्षा जाँच चौकीबाट लडाकूहरुले एउटा बख्तरबन्द सैन्य सवारी साधन र हातहतियार कब्जा गरेको बताएका छन् ।


    क्याटेगोरी : प्रवास

    प्रतिक्रिया दिनुहोस


    थप समाचार