आज यी स्थानमा गर्जनरचट्टयाङ सहित पानी पर्ने
गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशहरुका पहाडी भूभागहरुको थोरै स्थानहरुमा तथा वागमती र प्रदेश १ का एक वा दूई स्थानहरुमा मेघ गर्जनरचट्टयाङ सहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको केही उच्च पहाडी तथा हिमाली भूभागहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।
हाल सुदुरपश्चिम प्रदेशका साथै देशका पश्चिमी पहाडी भूभागहरूमा पूर्ण बदली रहि अन्य पहाडी सामान्य बदली रहेको छ। देशका बाँकी भूभागहरूमा आंशिक बदली रहेको छ।
आज दिउँसो सुदुरपश्चिम प्रदेश का साथै देशका पहाडी भूभागहरुमा सामान्य बदली रहि बाँकी भूभागहरूमा आंशिक बदली रहने छ।
यस्तै आज राती देशका पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली भई बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश नं १, बागमती, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशहरुको पहाडी भूभागहरुको एक वा दुई स्थानहरुमा मेघ गर्जनरचट्टयाङ सहित वर्षा को सम्भावना रहेको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस